कमल थापाले भने: राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन अब धेरै समय लाग्दैन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

कमल थापाले भने: राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन अब धेरै समय लाग्दैन



काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन अब धेरै समय नलाग्ने बताएका छन् । उनले अहिले राजनीतिमा लागेको भाइरसबाट बचाउन सक्ने हो भने पार्टीलाई ठुलो शक्ति बनाउन पनि समय नलाग्ने बताएका छन् ।

अध्यक्ष थापाले नेपालको राजनीतिमा पनि भाइरस संक्रमण भएको टिप्पणी गर्दै यस्तो बताएका हुन् । उनले भाइरस प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौँ भने पार्टीलाई ठुलो शक्ति बनाउन समय नलाग्ने बताए ।

देशमा देखिएको राजनीतिक गतिरोधलाई भाइरसको उपमा दिँदै यसबाट आफ्नो पार्टीलाई जोगाउने पहिलो प्राथमिकता भएको समेत बताएका छन् ।

यस्तै, उनले राज संस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुने विश्वास व्यक्त गरे । ‘यदाकदा देखिएको भाइरस प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौँ भने राज संस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन,’ उनले भने ।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले थपे, ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यभावी छ, विगतका घटनाक्रम यसको प्रमाण हो ।’