सूर्य थापाको नजरमा माधव नेपालका पाँच अपराध - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

सूर्य थापाको नजरमा माधव नेपालका पाँच अपराध



काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा एमाले नेता सूर्य थापाले माधव नेपाल समूहलाई धुन्धुकारीको भन्दै पाँच गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि थापाले माधव नेपालका पाँच अक्षम्य अपराध भन्दै लेखेका छन्।

यी हुन् थापाले भनेका नेपालका अपराधहरूः

१. कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग

२. लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरूद्ध गठबन्धन निर्माणमा गोप्य साठगाँठ, विमला ओलीलाई माकेमा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको बिक्री तथा रहस्यमय राजीनामाको लागि गुप्त निर्देशन

३. प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिनआफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साठगाँठ

४. बागमती प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र नग्न गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान

५. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, कीर्ते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरीयतामा उपस्थित

उनले एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरीत नेपाली कांग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न नेपालले गरेका अपराधहरूको भर्त्सना गर्न भनेका छन्। उनले अपना नाम धुन्धुकारी कहो पट्टु विचरा भन्दै टिप्पणी गरेका हुन्।