प्रधानमन्त्री निवास धाइरहने खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

प्रधानमन्त्री निवास धाइरहने खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारको सबै बैठकमा सहभागी भैरहेका खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

उनलाई शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण पुष्टि भएको बताइएको छ । मन्त्री थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको समेत बताइएको छ ।

चार दिन अगाडि थापाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो ।

यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको थियो ।