कमल थापाले ओलीको प्रशंशा गर्दै भने- आजै राजीनामा र पुन: प्रधानमन्त्रीमा नियुक्ति
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लुम्बिनी घटना केन्द्रमा पनि दोहोरिन बताएका छन् । थापाले चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको उनले प्रशंसा गर्दै यस्तो आशंका गरेका हुन् ।
थापाले ट्वीटमार्फत भनेका छन्, ‘प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ । आजै राजीनामा आउला, फेरि प्रधानमन्त्री बन्न सक्नुहोला ।’
थापाले सोमबार हुने विश्वासको मतमा प्रधानमन्त्री फेल हुने र प्रधानमन्त्रीले राजीनामा दिने त्यसका साथै पुन: उनै ओली प्रधानमन्त्रीमा नियुक्ति हुन सक्ने उनले बताएका छन् ।
उनले प्रधानमन्त्रीको यो कार्यकालमा २ वटा काम राम्रो गरेको बताएका छन् । चुच्चे नक्शा जारी गर्नु र सिके राउतलाई मूल धारमा ल्याउने कामको उनले प्रशंसा गरेका गरेका छन् ।
‘जेहोस् अनेक विवाद, असफलताका वावजुद लिम्पियाधुरा सहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहनेछ,’ उनले लेखेका छन् ।