सांसद कृष्ण थापाले पाए न्याय: पुनर्वहाली गर्न सर्वोच्चको आदेश
काठमाडौं- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापाले न्याय पाएका छन् । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पुनर्बहाली गर्न आदेश दिएको हो । प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।
सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो ।