संसद बिघटन हुँदा यसकारण सबैभन्दा खुशी छन् कमल थापा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

संसद बिघटन हुँदा यसकारण सबैभन्दा खुशी छन् कमल थापा



काठमाडौं- कम्युनिष्ट पार्टीको सरकार,उसैको समर्थनमा नियुक्त राष्ट्रपतिका हरेकजसो विवादास्पद कदमप्रति कम्युनिष्ट विरोधी,संघीयता विरोधी र धर्मनिरपेक्षता विरोधीहरूले जयजयकार गर्ने गरेको पाइएको छ । प्रधानमन्त्रीलाई प्रायः मध्यावधि चुनावको सल्लाह दिनेमा पनि उनीहरु नै अग्रभागमा देखिन्छन् ।

राप्रपा अध्यक्ष कमल थापाले संसद विघटन र मध्यावधि निर्वाचनको तत्काल समर्थन गर्नुले पनि त्यो पुष्टि भएको छ । त्यसमा केही पत्रकार र अभियन्ताहरूको समेत मलजल रहेको बताइन्छ ।उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू राष्ट्र घोषणा गरिदिने विश्वास छ । दक्षिणको छिमेकी भारतको चाहनासमेत त्यहि रहेको प्रचार उनीहरुले बेलाबेलामा गर्ने गरेका छन् ।

गएको हिउँदमा नारायणहिटी दरबारको पटाङ्गिनीमा आयोजित आमसभामै प्रधानमन्त्री ओलीले हिन्दू राज्य घोषणा गर्ने राजावादीहरूको ठूलो चाहना थियो । तर उनहरुले त्यो चाहना अझै नमरेको बताएका छन् ।

पशुपतिनाथको मन्दिरमा सुनको जलारी चढाउनेदेखि चितवनको माडीमा राममन्दिर निर्माण गर्ने प्रधानमन्त्रीको अभियानले पनि उनीहरुलाई भुलभुलैयामा पारेको हुनसक्ने विश्लेषकहरुको ठहर भएको जनआस्था लेख्छ ।

तपाईंहरुको चाहनालाई प्रधानमन्त्रीले पूरा गर्नुभएको देखिएन नि भनेर राखिएको जिज्ञासामा एकजना राजावादी, हिन्दूराष्ट्र तथा संघीयताविरोधी अभियन्ताले भने ‘केही समयअघिको भेटमा प्रधानमन्त्रीले पशुपतिको जलारी र चितवनमा बनाउन लागिएको राम मन्दिर निर्माणलाई विश्वास गर्नुस् भनेर ढाडस दिनुभएको छ ।’