राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त थापाको घोषणा - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

राजसंस्थाको वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त थापाको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्। आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले उक्त प्रतिक्रिया दिएका हुन् ।

विज्ञप्तिमा थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहोर्याएका छन्। यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको दाबी छ।

‘शतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?’ विज्ञप्तिमा उल्लेख छ ।