कमल थापाले गराए परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कमल थापाले गराए परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण



काठमाडौं- पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले कञ्चनपुरको दोधारा चाँदनीस्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको भर्त्सना गरेका छन्।

उनले ट्वीटरमार्फत उक्त घटनाको छानबिन गर्न र भारत सरकारसँग विराेध प्रकट गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन्।

“कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भर्त्स गर्दछु। घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु,” अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्।