कमल थापाले गरे अध्यादेशको चर्को विरोध - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कमल थापाले गरे अध्यादेशको चर्को विरोध



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मधेसी दल जसपाको माग बमोजिम अध्यादेश जारी गरे यसको देशव्यापी विरोध भैरहेको छ । यस्तैमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पनि यसको चर्को आलोचना गरेका छन् ।

राप्रपाका अध्यक्ष थापाले नागरिकता विधेयक संसदमा विचाराधीन भएकै बेलामा सत्ता स्वार्थका लागि अध्यादेश ल्याएपछि त्यसको विरोध गरेका हुन् । थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना समेत गरेका छन् ।

थापाले ट्वीटरमार्फत भनेका छन् , ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर, सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ ।’

अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले फिर्ता लिन माग गरेका छन् ।