दुई मात्रा खोप लगाइसकेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई फेरि संक्रमण
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीलाई पुन: कोरोना संक्रमण देखिएको छ ।
बालुवाटार स्रोतका अनुसार सामुहिक परिक्षण गरेका मध्ये उनीहरूलाई कोरोना संक्रमण देखिएको हो । उनीहरूका अलावा सचिवालयका रुपेश आचार्यलाई पनि संक्रमण देखिएको छ।
यसअघि नै संक्रमित भइसकेका थापा र भण्डारीलाई पुनः संक्रमण देखिएको हो। उनीहरु दुवैले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका छन्।
२७ गते बस्ने संसद बैठकलाई लक्षित गरी शुक्रबार स्वकीय तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको थियो। उक्त सामुहिक परिक्षणमा उनीहरूलाई संक्रमण देखिएको हो ।
प्रधानमन्त्री ओलीलाई भने संक्रमण देखिएको छैन ।