प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोशित - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोशित



काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोशित बनेका छन् । दाहाल-नेपाल समूहका नेताहरुले गरेको सम्वोधनलाई लिएर थापा आक्रोशित बनेका हुन् ।

बुधबार राजधानीमा आयोजना गरेको विरोधसभामा नेताहरुको सम्बोधनलाई लक्षित गर्दै थापाले उनीहरूलाई हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिने बताएका छन् ।

‘शब्द प्रयोगमा संयमित र जवाफदेही नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘तथ्यको आधारमा सही कुरा भनौं त जनता जनार्दन ! अझ आज त ढाडे बिरालोले मुसा नखाने पो घोषणा गरेको सुन्दा झनै आश्चर्य लाग्यो ।’

प्रचण्ड–नेपाल समूहलाई ‘कठै बरा’ भनि टिप्पणी गर्दै उनले भनेका छन्, ‘यो त अर्को चरम नौटंकी भएन र ? अब प्रधानमन्त्री हुने बुँता चट्, अनि देश पो बनाउने रे, कठै बरा ?

उनले लेखेका छन्,

शब्द प्रयाेगमा संयमित र जवाफदेही
नभएर जथाभावी बर्बराउने हाे भने ….
हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्ने हाे ह्वालाई ?
तथ्यकाे आधारमा सही कुरा भनाैं त जनता जनार्दन …!
अझ आज त ढाडे बिरालाेले मुसा नखाने पाे
घाेषणा गरेकाे सुन्दा झनै आश्चर्य लाग्याे ।
याे त अर्काे चरम नाैटंकी भएन र ?
अब प्रधानमन्त्री हुने बुँता चट्,
अनि देश पाे बनाउने रे, कठै बरा ???
सायद नियतीले मजाक गरेकाे
खास अनुभूति आज भएकाे हाे कि ?
अंगुर अमिलो रहेछजस्ताे !!!