झन् बढ्यो नेपालमा दैनिक संक्रमितको संख्या: एकैदिन बढे २२६
काठमाडौं- नेपालमा पछिल्ला केहिदिनदेखि कोरोना संक्रमणको ग्राफ बढ्दो छ । आज सोमबार पनि ठुलो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नेपालमा थप २२६ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा महामारीले अर्को चरण लिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
उपचारपछि फर्किएकाको संख्या २२१ जना पुगेका छन् ।