काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा



काठमाडौं- काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भएको बुझिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञा पुनः लम्ब्याउने तयारी भएको स्रोतले जनाएको छ ।

निषेधाज्ञाको अवधि बुधबार मध्यराति १२ बजे सकिँदै छ। तर उपत्यकामा कोरोना संक्रमण झनै बढ्दो क्रममा भएकाले थप एक साता लम्ब्याउने तयारी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ जना संक्रमित थपिएका छन्। यस्तो अवस्थामा निषेध अन्त्य गर्ने सम्भावना नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छन् ।

परिस्थिति सहज नभएकाले भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे तीन जिल्लाका सीडीओ अनौपचारिक छलफल भैरहेको पनि पाण्डेले बताइन । उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।

सरकारले काेराेना नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी रूपमा लागू गरेको लकडाउन झन्डै ४ महिनापछि साउन ६ गते अन्त्य गरेको थियो। तर संक्रमणको जोखिम घटेको थिएन।

काठमाडौं उपत्यकामा दिनदिनै संक्रमित थपिने क्रम बढिसकेकाे छ । अझै पनि अवस्था नियन्त्रणमा आउनसक्ने अवस्था नभएकाले निषेधाज्ञा लम्ब्याउने तयारी भएको स्रोतको दाबी छ ।