तनावमा ओली समूह: महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्चको फैसला - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

तनावमा ओली समूह: महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्चको फैसला



काठमाडौं– नेकपा एमालेको केपी हारमा ओली समूहलाई सर्वोच्च अदालतले अर्को झट्का दिएको छ। अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका निर्णयले मान्यता नपाउने फैसला गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णालीका ४ प्रदेशसभा सदस्यालाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको एमालेको महाधिवेशन आयोजक कमिटीलाई आधिकारिक संरचनाको मान्यता दिन अस्वीकार गर्दै पुनर्बहालीका लागि आदेश दिएको छ।

योसँगै नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाएर एमाले अध्यक्षसमेत रहेका केपी ओलीलाई झट्का दिएको सरकारले पुनः अर्को झट्का दिएको छ।

सर्वोच्चले महाधिवेशन आयोजक कमिटी एमाले पार्टीको आधिकारिक पार्टी संरचना नभएको ठहर गर्दै त्यसले गरेका निर्णयसमेत बदर हुने भनेको छ।