पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था थप जटिल

काठमाडौं- पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । कोरोना संक्रमणपछि नर्भिक अस्पताल भर्ना भएकी शाहलाई आइसियूमा राखिएको छ ।
उनको सरिरमा अक्सिजनको मात्रा निकै कम भएकाले बिहिबार आइसियुमा राखेर उपचार गरिएको छ भने शुक्रबार प्लाज्मा थेरापी गरिएको छ ।
पूर्वरानी शाहका लागि कोभिड आइसियू वार्डमा औषधीको निकै धेरै चलाइएको बताइएको छ ।
यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणा शाहको पनि नर्भिकमै उपचार भइरहेको छ । प्रेरणाको अवस्था सामान्य रहेको छ ।
पूर्वराजा शाहको अवस्था भने स्थिर रहेको बुझिएको छ । उनको अक्सिजनको मात्रा सन्तुलनमा ल्याउन चिकित्सकले प्रयास गरिरहेका छन् ।

