थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ। संक्रमितमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर ९१८ जना घर फर्किएका छन्।