ओली पक्षका नेताहरु छलफलका लागि बालुवाटारमा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

ओली पक्षका नेताहरु छलफलका लागि बालुवाटारमा



काठमाडौं- सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू बालुवाटारमा जम्मा हुन थालेका छन् ।

जन्मदिन मनाउन ब्यस्त भएका प्रधानमन्त्री ओलीले अबको बाटो तय गर्न निकट नेताहरूलाई बालुवाटारमा बोलाएका छन् । उनले आफू निकटका नेताहरूलाई बिचलित नहुन समेत आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले फैसला सुनाउँदा प्रधानमन्त्री केपी शर्मा ओली बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन बालमन्दिर पुगेका थिए ।

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउने र राधिका शाक्यको पुस्तक विमोचनका लागि सरकारका अधिकांस मन्त्रीहरु र पार्टीका नेताहरू बालुवाटार पुगेका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा शुभचिन्तकहरु पनि थिए ।

औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्रीलाई शुभकामना दिने सिलसिला अबेरसम्म चलिरहेको छ । नेताहरुले प्रधानमन्त्रीलाई फुलगुच्छा दिएर शुभकामना अर्पण गरेका छन् । शुभकामनाको क्रम सकिएपछि नेताहरु अनौपचारिक छलफलमा जुट्ने बताइएको छ ।