एमालेले थप १२ जना सांसदलाई स्पष्टीकरणपत्र पठाउँदै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एमालेले थप १२ जना सांसदलाई स्पष्टीकरणपत्र पठाउँदै



काठमाडौं- नेकपा एमालेले थप १२ जना सांसदहरूलाई स्पष्टीकरण सोधेको छ । उनीहरूलाई सोधिएको स्पष्टीकरणपत्र आज पठाउने भएको छ ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही बैठकको निर्णयनुसार २४ घण्टे स्पष्टीकरणपत्र पठाउन लागिएको हो ।

बैठकले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापुङ, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तै, बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत ११ जनालाई भने पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो ।