पशुपति ट्रान्सपोर्टका १० ट्रक गृहमन्त्रीको आदेशमा थानकोटमा समातिए - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

पशुपति ट्रान्सपोर्टका १० ट्रक गृहमन्त्रीको आदेशमा थानकोटमा समातिए



गृहमन्त्रीले पाएको सुराकी अनुसार भारतबाट काठमाडौं आउँदै गरेका १० वटा ट्रक थानकोट नाकामा समातिएका छन् ।

समातिएका ट्रकमा शिलबन्दी गरिएको अवस्थामा सामानहरू छन् । ती ट्रकमा के सामान छ भन्ने खुलाइएको छैन ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादललाई ट्रकमा अवैध सामग्री काठमाडौं भित्रदै गरेको सूचना आएपछि नागढुंगा प्रहरीले शुक्रबार विहान ८ बजेदेखि प्रहरीले चेकजाँच गरी १० वटा ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

ती ट्रकहरु सुनौली र रक्सौल नाका हुँदै काठमाडौं आएको हो । ती सबै ट्रकहरु पशुपति ट्रान्सपोर्टको रहेको स्रोतले बताएको छ ।

फाइल तस्बीर