एमाले प्रवेश गर्दै माओवादीका सचेतकले प्रचण्डलाई सिकाए एमाले छिर्ने तरिका - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

एमाले प्रवेश गर्दै माओवादीका सचेतकले प्रचण्डलाई सिकाए एमाले छिर्ने तरिका



काठमाडौं– नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका पूर्व सचेतक ठम्मरबहादुर विष्ट आइतबार औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई सुर्खेतमा आयोजित एक कार्यक्रममा टीका लगाएर पार्टीमा भित्र्याएका हुन्।

एमाले प्रवेशपछि बोल्दै विष्टले माओवादीमा हुर्किएको नातावाद, आत्मसम्मानमा ह्रास र विशालु राजनीतिले एमाले बनाएको बताएका छन्। आफू प्रमुख सचेतक हुँदा उक्त पदको ख्याल नगरेर केन्द्रीयता लागू गरेको उनको आरोप छ। उनले मन्त्री बनाउने कुरादेखि एमसीसी पास गर्ने काम सम्ममा कार्यकर्ताको भावनालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ख्याल नगरेको बताए।

उनले भने, ‘म प्रमुख सचेतक थिए। मुख्यमन्त्रीकोमा सुटुक्ट लिस्ट पुग्यो। म हुनुपर्छ भनेको होइन, सक्षम विद्वान मान्छेहरु थिए। कुनै पनि धरातल नभएका ल्याउने? एमसीसी श्रङ्खलामा पनि सुरुदेखि नै हामीले गलत भन्दै आयौं। नेतृत्वलाई सुनायौं। हाम्रो भावनाको कदर भएन। बरु उल्टै खोलो तर्‍यो, लौरो बिर्स्यो भनेजस्तै भयो। केन्द्रीयता लागू गर्ने काम भयो र मानमर्दन गर्ने कार्य भयो।’

अहिलेको राजनीतिमा तुलनात्मक रुपमा राम्रो पार्टी एमाले भएको उनको दाबी छ। नाकाबन्दीमा डटेको, चुच्चे नक्सा पास गराएको कारण एमालेमा आइपुगेको उनको भनाइ थियो। प्रचण्डले नै आफूहरुलाई एमाले बन्न सिकाएको बताउँदै उनले भने, ‘हिजो उहाँले नै केपी ओली र म समाजवादको जेटमा उडिसक्यौं भन्नुभएको हो। उहाँले नै एमाले बनाउनुभएको हो। तर, उहाँहरुको जुँगाको लडाइँले एकता टिकेन। एमाले हुने खाश तरिका चाहिँ यो हो।’