ठमेलको क्लबमा छापा,२३ किशोरीसहित सञ्चालक पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ठमेलको क्लबमा छापा,२३ किशोरीसहित सञ्चालक पक्राउ



काठमाडौंको ठमेलस्थित एक क्लबमा छापा मारी प्रहरीले २३ किशोरीसहित सञ्चालक नियन्त्रणमा लिएकाे छ।ठमेलको ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राति छापा मारी प्रहरीले १८ वर्ष मुनिका २३ किशोरी र एक किशोरलाई नियन्त्रणमा लिएकाे हाे।

साथै प्रहरीले क्लब सञ्चालक काभ्रेको रोशी गाउँपालिका–१ घर भई हाल सुन्धारा बस्ने गरेका वर्ष ३३ का सत्यमान दोङलाई पनि नियन्त्रणमा लिएको छ।

१८ वर्ष मुनिका केटाकेटीहरूको अनधिकृत रूपमा प्रवेश गराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारबमार्गबाट खटिएको प्रहरी टोलीले उक्त क्लबमा छापा मारेको थियो।

१८ वर्ष मुनिकाले क्लबमा जान नपाउने नियम छ।

त्यस क्रममा पक्राउ परेका २३ किशोरी र एक किशोर गरी २४ जनालाई अहिले प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।