अर्को ट्वीस्ट: देउवालाई विश्वासको मत दिने महन्थ ठाकुर पक्षको निर्णय
काठमाडौं- जनता समाजवादी पार्टीको ठाकुर समुहमा नाटकीय परिवर्तन आएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
संसदमा उपस्थित एक सांसदले देउवालाई विश्वासको मत दिनेबारे ठाकुर समुहमा सहमति भएको खुलासा गरेका छन् । उनका अनुसार देउवाको पत्रपछि भएको छलफलले यस्तो सहमति जुटाएको हो ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षमा लागेपछि पार्टीमै अलग अभ्यास गर्दै आएका ठाकुर समुहले देउवालाई विश्वासको मत दिने निर्णय गर्नुलाई अर्थपूर्ण मान्न सकिन्छ ।