उपेन्द्र यादवले बोलाएको बैठकमा ठाकुर पक्षका सांसदहरू पनि सहभागी - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

उपेन्द्र यादवले बोलाएको बैठकमा ठाकुर पक्षका सांसदहरू पनि सहभागी



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र समुहले बोलाएको बैठकमा महन्थ समुहका सांसदहरू सहभागी भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार बोलाएको संसदीय दलको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरू सहभागी भएका हुन्।

संसद बैठक बोलाइएको अघिल्लो दिन जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाएको संसदीय दलको बैठक बोलाएका थिए । उक्त बैठकमा ठाकुर समुहका नेताहरू पुगेपछि महन्थ समुहमा खैलाबैला भएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको संसदीय दलको बैठकमा महन्थ पक्षका अमृता अग्रहरी, नरमाया ढकाल र रानी मण्डल सहभागी भएका स्रोतले जनाएको छ।

यसअघि शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महन्थ पक्षको संसदीय दलको बैठक बसेको थियो। बैठकमा राजकिशोर यादव, प्रमोद साह, अग्रहरी, मण्डल, रूही नाज र ढकाल अनुपस्थित भएका थिए।

पछिल्लो समय महन्थ पक्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदा मन्त्री नबनाइएपछि यी सांसदहरू असन्तुष्ट बनेका छन्।