प्रधानमन्त्री ओली र महन्त ठाकुरबीच वालुवाटारमा वार्ता
काठमाडौं- प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
सत्ता समीकरणको खेल चलिरहेका बेला दुई पक्षको कार्यदलका सदस्यहरुसहित उनीहरू वार्तामा बसेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागीमा वार्ता सुरु गरिएको हो ।
वार्तामा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका थिए।