नयाँ सरकारबारे महन्थ ठाकुरले मुख खोले - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

नयाँ सरकारबारे महन्थ ठाकुरले मुख खोले



काठमाडौं – जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले निकास दिने बताएका छन्।

सिंहदरबारमा आफू निकट सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘हामी आन्तरिक छलफल गर्दैछौं। मुलुकलाई निकास दिन्छौं,’उनले भने,‘दिउँसो नै अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग पनि छलफल गर्दैछौं।’

जसपाको महन्थ राजेन्द्र पक्षले प्रधानमन्त्री केपीशर्मा ओलीसँग सत्ता सहकार्य गरेर जाने सहमति गरिसकेको छ। ओलीले पनि सत्ता टिकाउनकै लागि संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति गरिसकेका छन्।