लोसपालाई उपसभामुख, ठाकुर मालामाल - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

लोसपालाई उपसभामुख, ठाकुर मालामाल



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् । उनले कुनैपनि बेला कम्युनिस्ट पार्टी एक हुनसक्ने देखेपछि वृहत लोकतान्त्रिक एकताको विकल्प अहिले नै तयार गरिराख्न लोसपालाई पनि समेट्न खोजेको बुझिएको छ ।

देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई शनिबार भेटेका थिए । स्रोतका अनुसार देउवाले लोसपालाई उपसभामुखसहित २ मन्त्री दिने प्रस्ताव गरेका थिए । जवाफमा ठाकुरले वृहत लोकतान्त्रिक एकतामा जानुपर्नेमा जोड दिएका थिए ।

लोसपा नेताहरुसँग देउवाका दूतहरुले भेटघाट तिव्र पारिरहेका छन् । राजनीतिक घटनाक्रम तिव्र रुपमा विकास भइरहँदा देउवाले महन्थलाई समेत समेटेर जाने रणनीतिक चालेको बुझिएको छ ।