ओलीले नयाँ निर्णय लिए लगत्तै ठाकुर र महतो बालुवाटार पुगे
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आकस्मिक मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने निर्णय गरेलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।
ओलीले मन्त्रिपरिषद् बैठकबाट संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् । अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र यादव एकाएक प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन् ।