देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै जाँदा राजनीतिक गतिबिधि पनि बढेका छन् । दलहरू आन्तरिक परमर्शंमा जुटेका छन् ।
यस्तैमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।
जसपामा ओलीप्रति नरम देखिएका ठाकुर र महतो नै राजनीतिक सरगर्मी बढीरहेको बेला ठाकुर र महतो देउवा भेट्न बूढानिलकण्ठ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ । देउवासँगको भेटमा ठाकुर र महतोले आगामी सत्तासमीकरणबारे छलफल गर्ने बुझिएको छ ।