ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने संकेत: छलफलमा नेताहरू - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने संकेत: छलफलमा नेताहरू



काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत देखाएका छन् । पार्टीमा एक्लिंदै गएका महन्थ ठाकुर र राजेन्द्र महतोले विश्वासको मत दिनेबारे आफ्ना समूहसंग अहिले छलफलमा जुटेका छन् ।

महन्थ पक्षका केहि सांसदहरूले देउवालाई मत दिनुपर्ने भनिरहेका बेला प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्ने सम्भावना बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेखेपछि सो पार्टीका नेताहरू त्यस विषयमा छलफलमा जुटेका छन् ।

महन्थ ठाकुर समुहका एक नेताले देउवालाई विश्वासको मत दिने की नदीने भनेर ठाकुर समूह छलफलमा जुटेको बताएका छन् । महन्थ ठाकुर पक्षकै राजकिशोर यादवले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।