ठाकुर समुहको बैठक: उपेन्द्र र बाबुरामलाई निष्कासन गर्ने तयारी - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

ठाकुर समुहको बैठक: उपेन्द्र र बाबुरामलाई निष्कासन गर्ने तयारी



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहले नेताहरूलाई कारबाही गर्न बैठक बोलाएको छ ।

उपेन्द्र यादव समूहले ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेपछि बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर समूहको बैठक बसिरहेको छ । बैठकले अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई पार्टीबाट निष्कासन गर्ने तयारी गरेको छ ।

यसअघि जसपाको यादव समूहले मंगलबार अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो ।

यादव समूहले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको पत्र पनि निर्वाचन आयोग बुझाएको छ ।