गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा १५ जनाको मृत्यु - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा १५ जनाको मृत्यु



बेइजिङ/ चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक लि फेङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । चिनियाँ टेलिभिजन सीसीटिभीले घटनास्थलबाट लिएको श्रव्यदृष्यमा हिउँ जमेको स्थानमा केही कारहरू पेलिएर काम नलाग्ने अवस्थामा रहेको देखाइएको छ ।