यी हुन् बिहा गर्ने नाममा लाखौं ठगि गर्दै हिँडने युवक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

यी हुन् बिहा गर्ने नाममा लाखौं ठगि गर्दै हिँडने युवक



अहमदाबाद (बिबिसी) एकल महिलासँग बिहा गर्ने नाममा लाखौं ठगि गर्दै हिँडने एकजना युवकलाई गुजरात प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार, यो ठगले सबनध विच्छेद भएका र पति गुमाएका महिलाहरुसँग विवाह गर्ने भनेर लाखौं असुल्दै आएको थियो ।

ठगीको आरोपमा परेको २४ वर्षीय जुलियन सिन्हा एकजना पूर्व सैनिकको छोरा रहेको बताइन्छ ।

युवकले कैयन वैवाहिक साइटमा दर्जनाबढी नक्कली एकाउण्ट बनाएको थियो । आफूलाई सेनाको अधिकृत बताएर उसले एकल महिलालाई निशानामा पार्दै आएको थियो ।

उसको प्रोफाइल हेरेर चासो राख्ने महिलाहरुलाई उसले फोनमा कुरा गर्ने गरेको थियो । कुराकानीका क्रममा ती महिलासँग विवाह गर्ने स्वाङ रचेर उसले लाखौं रकम लिने गर्दथ्यो ।

अहमदाबाद निवासी एकजना कविता नाम गरेकी महिलाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान शुरु भएको थियो ।

कवितका अनुसार, सामान्यतः सम्बन्ध विच्छेद या पति गुमाएका महिलाहरु सहानुभूति खोजिरहेका हुन्छन् । उनीहरुलाई कोही न कोही सहारा होस भन्ने हुन्छ । ती युवकले महिलाहरुको यही संवेदनासँग खेल्न सुरु गरेको थियो । यस्ता महिलाहरुसँग सहानभूति प्रकट गर्ने र उनीहरुको एक्लोपनको फाइदा उठाउँदै उसले कैयन महिलाहरुलाई आफनो शिकार बनायो ।

कविताका अनुसार, युवकले कुनै पनि महिलाको सम्पर्कमा आउनु अघि उसको आर्थिक पृष्ठभूमिका बारेमा जानकारी बटुल्ने गर्दथ्यो । पैसा भएका एकल महिलाहरु उसको पहिलो निशाना हुन्थे ।

महिलाहरुले विश्वास गर्न थालेपछि आफूलाई भारतीय सेनाको रिटायर्ड मेजर बताएर उक्त युवकले उनीहरुसँग सामाजिक काम र आतंकवादविरुद्द काम गर्ने भन्दै चन्दा माग्ने गर्दथ्यो ।

यति मात्रै होइन, युवकले महिलाहरुको मोबाइलमा आफू युद्द लडदा घाइते भएको भन्दै खुट्टामा चोटपटक लागेका तस्वीर समेत पठाउने गर्दथ्यो । गम्भीर चोट लागेका कारण श्रीमतीले छोडेर गएपछि आफू एक्लो परेको भन्दै सहानुभूति बटुल्न उसको नियत हुन्थ्यो ।

कविताका अनुसार जुलियन नामक ती युवकसँग उसको मित्रता एउटा वैवाहिक साइटबाट भएको थियो ।

देशप्रेमका कारण विवाह टुटेको बताएपछि त्यो कुरा पत्याएर आफू उसको नजिक भएको कविताले बताइन ।

यही बीचमा युवकले आफ्नो बैंक खाता कुनै कारणले बन्द भएको बतायो । सेनाले उसलाई उसलाई एउटा घर दिन खोजेको तर त्यसका लागि ४९, ५०० रुपैयाँ खातामा जम्मा गर्नुपर्ने बताउँदै उसले कवितासँग पैसा मागेको थियो । त्यसपछि जुलियनको फोन आउने क्रम कम हुँदै गयो । कविताले फोन गर्दा उसले मेसेज पठाएर अझै पैसा पठाउन भन्ने गथ्र्यो ।

उसको यस्तो प्रतिक्रिया देखेर कवितालाई शंका हुन थाल्यो । कविताले बिहे अघि जुलियनको बा आमासँग भेट गर्नुपर्ने शर्त राखिन ।

“अहमदाबादको स्वाधिनता बंगलामा बस्ने बताएपछि मैले खोजी गरेँ ।” कविता भन्छिन्, “उसको बुवा सेनामा रहेको त थाहा भयो तर जुलियन भने कहिले सेनामा भर्ना नभएको पत्ता लाग्यो । यो सँगै मजस्तै अन्य कैयनलाई पनि उसले ठगेको पत्ता लाग्यो ।”

यसपछि कविताले प्रहरीमो रिपोर्ट दर्ता गरिन र उससँग कुराकानी गर्न पनि निरन्तर जारी राखिन ।

तर प्रहरीले उसलाई बिभिन्न महिलाहरुसँग कुराकानी गर्दै गरेको बेला आइपी ट्रयाक गरेर अहमदाबादको मोटेराबाट गिरफ्तार गर्यो ।
प्रहरीका अनुसार, उसले बिभिन्न राज्यबाट २५ बढी महिलाहरुलाई ठगेको थियो ।