बुटवलमा टेरिया मगर र उनका हजुरबुवाले के भने (भिडियो सहित) - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

बुटवलमा टेरिया मगर र उनका हजुरबुवाले के भने (भिडियो सहित)



बिष्णु भट्टराई, बुटवल

भारतीय टिभी च्यानल कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शोको उपाधि हात पारेकी रुपन्देही रुद्रपुरकी किशोरी टेरिया फौजा मगरलाई गृह जिल्ला रुपन्देहीमा सम्मान गरिएको छ ।

टेरियाले प्रारम्भीक नृत्य प्रशिक्षण लिएको बागेश्वरी संगितालय बुटवलमा उनलाई सम्मान गरिएको थियो। टेरिया फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा संगितालयका प्रबन्ध निर्देशक सुरेश सेन्चुरिले टेरियालाई सम्मान गरेका थिए।
सम्मान कार्यक्रममा बोल्दै उपाधी बिजेता टेरियाले आफुले आर्जन गरेको उपाधी र आयबाट घर बाहिर निस्कन नसकेका किशोर किशोरीहरुलाई सहयोग गर्न चाहेको बताईन्।

उनले आफुलाई उपाधी दिलाउन भूमिका खेल्ने नेपाली मिडीया सहित सम्पूर्ण नेपालीहरु प्रती आभार ब्यक्त गरिन।

गत माघ ९ गते कलर्स टेलिभिजनबाट प्रशारण गरिएको प्रतिस्पर्धामा एसएमएसमा सबै प्रस्तिपर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी थिईन् ।

कार्यक्रममा बोल्दै टेरिया फाउण्डेसनका अध्यक्ष तथा टेरियाका हजुरबुवा कृष्ण बहादुर फैजा मगरले जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाएका थिए। हजुरबुवाले नै तेरियालाई तीन वर्षअघिसम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढाबाट बुटवलमा दिनहुँ नृत्य सिकाउन ल्याएर नृत्य क्षेत्रमा लगाएका थिए ।

डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्बजनिक पुरस्कार राशीको हो । डिआइडी लिटिल मास्टर विजेता भएपछि टेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् ।