सचिन तेन्दुलकर नेपाल आउंदै - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

सचिन तेन्दुलकर नेपाल आउंदै



काठमाण्डाै – भारतका चर्चित पूर्व-क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन्। उनि युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्।

युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे साताभित्र नेपाल आउने युनिसेफले जनाएकाे छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेकाे युनिसेफले जनाएकाे छ ।

उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका हुन् । केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएकाे हाे ।

नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ भने पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी-२० खेल्न यूएई जाँदैछन्। पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा यट्ठएई जाँदैछन्।

यसअघि २०६९ सालमा भारतका पूर्वकप्तान महेन्द्रसिंंह धोनी नेपाल आएका थिए । दुई दिने भ्रमणका क्रममा धोनीले केही घन्टा कीर्तिपुर क्रिकेट मैदानमा बिताएका थिए।