तेन्दुलकरको 'ड्रिम टिम'मा विलियमसन कप्तान, धोनी आउट - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

तेन्दुलकरको ‘ड्रिम टिम’मा विलियमसन कप्तान, धोनी आउट



kane williamson,sachin tendulkar

एजेन्सी– महान् क्रिकेटर सचिन तेन्दुलकरले भर्खरै सम्पन्न भएको वल्र्ड कप क्रिकेट २०१९ बाट सर्वश्रेष्ठ ११ खेलाडी चयन गरेका छन् । जसमा महेन्द्र सिंह धोनीको नाम रहेको छैन । तेन्दुलकरले आफ्नो ड्रिम टिमको कप्तानमा न्युजिल्यान्डका केन विलियमसनलाई चुनेका छन् ।

तेन्दुलकरको टिममा पाँच भारतीय खेलाडी रहेका छन् । तर, पाँच जना भारतीय खेलाडी हुँदा समेत विकेटकिपर महेन्द्र सिंह धोनी परेका छैनन् । भारतीय खेलाडीमा रोहित शर्मा, विराट कोहली, हार्दिक पंड्या, रविन्द्र जडेजा र जसप्रित बुमराह रहेका छन् । रोहित र जानी बेयरस्टोलाई ओपनरमा राखिएको छ । तेस्रो नम्बरमा विलियमसनलाई राखिएको छ ।

भारतीय कप्तान विराट कोहली चौथो नम्बरमा छन् । त्यसपछि शाकिब अल हसन, बेन स्टोक्स, पंड्या र जडेजा रहेका छन् । तेन्दुलकरले मिसेल स्टार्क, जोफरा आर्चर र बुमराहलाई बलका रूपमा चुनेका छन् । त्यसपछि आईसीसीले पनि वल्र्ड कपको ड्रिम ११ खेलाडी चुनेको छ । जसमा रोहित र बुमराहलाई मात्र स्थान दिइएको छ ।

हल अफ फेमबाट सम्मानितभारतका क्रिकेट लिजेन्ड सचिनतेन्दुलकर आईसीसी हल अफ फेम’ बाटसम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार पूर्व ब्याट्सम्यान सचिनलाई ’आईसीसी हल अफ फेम’ बाट सम्मान गरेको हो । इंग्ल्यान्डको लन्डनमा बिहीबार एक कार्यक्रमकाबीच सचिनलाई हल अफ फेमबाट सम्मान गरिएको थियो ।

‘आईसीसी हल अफ फेम’ सम्मान पाउने सचिन भारतका छैटौं खेलाडी हुन् । हल अफ फेमबाट सम्मानित भएपछि सचिनले यस क्षण अविश्वसनीय र सम्मान पाउने भाग्यशाली बन्दा निकैखुसी लागेको बताए ।

विश्व क्रिकेटमा सचिन कीर्तिमानी खेलाडी हुन् । सन् २०१३ बाट सन्यास लिएका सचिनले टेस्ट क्रिकेटमा १५ हजार ९२१ रन बनाएका छन् । उनले एकदिवसीयमा १८ हजार ४२६ रन जोडेका छन् ।

टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान सचिनको नाममा रहेको छ । उनले आफ्नो खेल जीवनमा सय बढी शतक बनाएका छन् ।

सचिनसँगै दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर एलन डोनाल्ड पनि ‘आईसीसी हल अफ फेम’ बाट सम्मानित भएका छन् । ५२ वर्षे बलर डोनाल्डले दक्षिण अफ्रिकाबाट ३३० टेस्ट र २७२ एकदिवसीय विकेट लिएका थिए ।

यस्तै, अस्ट्रेलिया महिला क्रिकेट टिमकी पूर्वखेलाडी क्याथरिन फिट्जप्याट्रिक पनि ’आईसीसी हल अफ फेम’ बाट सम्मानित भएकी छन् ।