टेम्पोको इन्जिनले जेट विमान चलाउदै ओली :नेता थापा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

टेम्पोको इन्जिनले जेट विमान चलाउदै ओली :नेता थापा



गोपीकृष्ण रेग्मी 

नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको परिपत्र र जिल्ला कार्यसमितिको निर्णयानुसार “जिल्लास्तरीय तरुण प्रशिक्षण कार्यक्रम”  स्याङ्जामा सम्पन्न भएको छ।

प्रशिक्षणकाे क्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री गगन कुमार थापाले लोकतान्त्रिक संविधान निर्माणका पिता स्वगिय सुशील कोइरालाले गर्दा हामीले संविधान प्राप्त गरेका छौ ,यसलाई संस्थागत गर्न नेपाली काग्रेश सधैँ लड्नु पर्ने हुन सक्छ तयारी भएर बस्न तरुणहरूलाई आग्रह गरे ।

देशमा विकास चाहिएको छ,विकासका गतिविधिमा काङ्ग्रेस बाधक हुँदैन ।अाँफूलाई जेटकाे पाइलट बताउने केपी अाेलीकाे जेटकाे इन्जिन चाहिँ टेम्पाेकाे भएको बताउँदै अबका चार वर्ष दिनरात नभनी संगठनकाे काम गर्न अाँफुले देश दाैडाह गरेकाे बताउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कमलप्रसाद पंगेनी, नेपाली काँग्रेस स्याङ्जा जिल्लाका अभिभावक,महासमिति सदस्य खगेन्द्र रेग्मी, पूर्व संविधानसभा सदस्य,युवानेता राजु थापा,प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य तरुण दलका जिल्ला सचिव चन्द्र रानाले सञ्चालन गरेको कार्यक्रम तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लकाे अध्यक्षतामा सम्पन्न भएको थियाे।