शंखमुल-बानेश्वर-अनामनगर-रत्नपार्क रुटका ट्याम्पो चालकलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

शंखमुल-बानेश्वर-अनामनगर-रत्नपार्क रुटका ट्याम्पो चालकलाई कोरोना संक्रमण



काठमाडौं– शंखमुल-बानेश्वर-अनामनगर-रत्नपार्क रुटको ट्याम्पो चलाउने एक जना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राजधानीमा कोरोना संक्रमण भेटिएका सफा ट्याम्पो चालक चार दिनअघि सुदुरपस्चिमबाट फर्किएर काठमाडौं उपत्यका आएको र स्वाब दिएर लगातार टेम्पो चलाएको पाइएको छ । ।

ति टेम्पो चालक पुरुष लकडाउन खुलेपछि सुदूरपश्चिमबाट काठमाडौं फर्किएका थिए। नागढुंगामा स्वाब दिएर उनी भित्रिएका थिए।

त्यसपछि लगातार ट्याम्पो चलाएका उनलाई शनिबार साँझ आइसोलेसनमा लगिएको बताइएको छ।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालनमा ल्याएको थियो। साउन ७ गतेदेखि जोर-बिजोर प्रणाली खारेज गरिएको थियो।