तेलको भाउ फेरी बढाउने तयारी - Himal Post Himal Post
  • २३ मंसिर २०८२, सोमबार
  •      Mon Dec 8 2025
Logo

तेलको भाउ फेरी बढाउने तयारी



वर्तमान सरकार गठन भएको पछिल्लो आठ महिनामा इन्धनको मूल्य एकपटक मात्र घट्दा नौपटक बृद्धि भएको छ।

भाउ फेरि पनि बढाउने आयल निगमको तयारी छ। तर, दशैंको मुखमा भाउ वढ्दा अलोकप्रिय भइने डरले सरकारले धैर्य गरिरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अतिज अधिकारीले लेखेका छन्।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादबले दशैंसम्म इन्धनको भाउ वढ्न नदिने बताएका छन्।

यो सरकार आएपछि पेट्रोल प्रतिलिटर ११ रुपैयाँ, डिजेल र मटिट्तेल १८ -१८ रुपैयाँ आन्तरिक हवाई इन्धन ५ रुपैयाँ र बाह्य हवाई इन्धन ७५ डलरले बृद्धि भएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वढेको छ।