टेलिकमले घटायो फोन गर्दा लाग्ने शुल्क - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

टेलिकमले घटायो फोन गर्दा लाग्ने शुल्क



काठमाडौं- नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल तथा एसएमएस गर्दा लागू हुने महशुल दर परिमार्जन भएको छ।

नेपाल टेलिकमले शनिबार एक विज्ञप्ति जारी गर्दै परिमार्जन भएको महशुल दरमा कमी आएको जनाएको छ ।

परिमार्जन भएको महशुल अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र कायम हुनेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम हुने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुने जनाइएको छ।

नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणले माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भएको हो ।

परिमार्जित महशुल दर शनिबारबाट कार्यान्वयनमा ल्याएको हो ।