बस दुर्घटना हुँदा ४५ को मृत्यु

बीबीसी । भारतको तेलंगानामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । कोंडागट्टुमा रहेको एक मन्दिरबाट तिर्थयात्री बोकेर जगित्याल फर्किदै गरेको बस दुर्घटना भएको हो ।
स्थानीय प्रहरीले बस दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका मध्ये बालबालिका पनि रहेका छन् ।
बसमा झण्डै ६० जना यात्रु सवार थिए ।
प्रहरीले बसको ब्रेक फेल हुँदा दुर्घटना भएको अनुमान गरेको छ ।
फाइल तस्विर

