अब टेकु अस्पतालमा कोरोना उपचार गर्न दैनिक १५ हजारसम्म लाग्ने: धरौटी अनिवार्य - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

अब टेकु अस्पतालमा कोरोना उपचार गर्न दैनिक १५ हजारसम्म लाग्ने: धरौटी अनिवार्य



काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अब कोरोना भाइरस संक्रमितको उपचार गर्न धरौटी राख्नुपर्ने भएको छ । अस्पतालले उपचार वापत लाग्ने शुल्क विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

विज्ञप्ती जारी गरि अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको जनाएको छ ।

निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

अस्पतालले जनाए अनुसार अब आईसीयूसहित भेन्टिलेटरमा राख्नु पर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च लाग्नेछ भने ५० हजार रुपैयाँ धरौटी रकम जम्मा गर्नु पर्ने भएको छ ।

आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक ७ हजार ५०० उपचार खर्च लाग्नेछ र ३० हजार धरौटी लाग्नेछ । क्याबिन आइसोलेसनमा बस्नेले दैनिक ७ हजार ५०० र ग्रास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक ३५०० उपचार खर्च तिर्नु पर्ने भएको छ । उनीहरूले क्रमशः ३० र २० हजार धरौटी जम्मा गर्नु पर्ने पनि अस्पतालले निकालेको विज्ञप्तीमा उल्लेख छ।

गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस, ७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएको परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र भएमा उपचार शुल्कमा छुट हुने पनि अस्पतालले जनाएको छ।