पछिल्लोपटक १३ जना कोरोना संक्रमितको विवरण यस्तो छ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

पछिल्लोपटक १३ जना कोरोना संक्रमितको विवरण यस्तो छ



काठमाडौं : पछिल्लोपटक १३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो विवरणअनुसार उनीहरुलाई कोभिड – १९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाए।

नयाँ संक्रमित कपिलवस्तु, रुपन्देही र बर्दियाका हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि आजै ११ जनामा संक्रमण पुष्टि भएको थियो। आजै २४ जना नयाँ संक्रमित थपिएसँगै पुष्टि भएका संक्रमितको संख्या एक सय ३४ पुगेको छ।

मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५,१९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका –६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो ।

यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ।