एकैदिन थपिए तीन जना संक्रमित: ५७ पुगे संक्रमित - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

एकैदिन थपिए तीन जना संक्रमित: ५७ पुगे संक्रमित



काठमाडौं- नेपालमा कोरोना भाइरस सङक्रमितको संख्या ५७ पुगेको छ ।

आज बुधवार एकैदिन थप तीनजना व्यक्तिमा कोरोना भाइरसको सङक्रमण देखिएको हो ।

सङक्रमितहरु २ जना बारा र एक जना बीरगञ्जका व्यक्ति हुन । उनीहरु तीनै जना यसअघि दिल्लीको मर्कजबाट फर्किएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। यो भन्दा पहिले आइतवार पनि वीरगन्जमा दुईजनामा कोरोना संक्रमण देखिएको थियो।
नेपालमा ५७ कोरोना सङक्रमित मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।