तीन नेतालाई महाधिवेशनको चटारो: आजपनि छलफलमा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

तीन नेतालाई महाधिवेशनको चटारो: आजपनि छलफलमा



काठमाडौं- नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको चटारो परेको छ । कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह व्यापक तयारीमा जुटेका छन् । उनीहरूबीच लगातार संवाद भैरहेको छ।

सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा आज पनि लामो छलफल गरेका छन् । उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।

यसअघि पनि यी तीन नेताहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यसपटक जसरी पनि देउवालाई सभापति बन्नबाट रोक्ने उनीहरूको तयारी छ ।