गठबन्धनका तीन नेताबीच कुरा मिलेन - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

गठबन्धनका तीन नेताबीच कुरा मिलेन



काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफल विमा निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको थियो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादीका नेता माधवकुमार नेपालबीच शुक्रबार साँझ छलफल भएको छ ।

तीन नेताहरुबीच करीब २ घण्टा भएको छलफल बिना निश्कर्ष टुङ्गिएको छ । सरकारमा सहभागी हुन मन्त्रालयको टुंगो नलाग्दा सरकारले पूर्णता पाएको छैन ।

दलहरुबीच मन्त्रालयको भागबण्डालाई लिएर विवाद हुँदा डेढ महिनामा पनि मन्त्रिपरिषद् विस्तार नभएर सरकारको सर्वत्र आलोचना भइरहेको छ ।