मन्त्रिपरिषद् विस्तारको तयारी: तीन नेताबीच छलफल - Himal Post Himal Post
  • ७ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 19 2025
Logo

मन्त्रिपरिषद् विस्तारको तयारी: तीन नेताबीच छलफल



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।

अध्यादेश ल्याएर माधव नेपाल पक्षलाई नयाँ दल खोल्ने बाटो सहज बनाइदिएका देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद विस्तारबारे छलफल थालेका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ ।

सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले र जसपा फुटाउन मार्ग बनाइदिएका थिए ।

ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।

तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने कि भन्नेमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ ।