अबको तीन दिनभित्र सबै स्थानीय तहको परिणाम आइसक्छ: थपलिया - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

अबको तीन दिनभित्र सबै स्थानीय तहको परिणाम आइसक्छ: थपलिया



स्थानीय तहको मतगणनाको गति ज्यादै सुस्त रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने अबको तीन दिनभित्र सबै स्थानीय तहको परिणाम आइसक्ने दाबी गरेका छन्।

सोमबार बिहान विराटनगर महानगरपालिकाको मतगणनास्थलको अनुगमनका लागि आएका थपलियाले जेठ ५ भित्र ७५३ वटै स्थानीय तहको नतिजा आउने दाबी गरेका हुन्।

जेठ ५ भित्र सबै नतिजा आइसक्नेछ’, उनले भने, ‘अब ती दिनभित्रमा विजय जुलुस मनाउने वातावरण बनाइनेछ।’

उनले विराटनगरका १९ वटै वडाको एकै साथ गणना सुरू गर्नसमेत निर्देशन दिएका छन्।

आयोगले आवश्यक स्रोत साधनको व्यवस्थापन गर्छ’, उनले भने ।