तीज कार्यक्रमको लागि पुरुषोत्तम न्यौपाने र भूमिका गिरी युएई आउँदै
समीर प्रकाश पाण्डे
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारि विभिन्न देशहमा तीज विशेष कार्यक्रम भइरहेका छन् यही बिचमा स्याङ्जा सहयोग समाज युएईको आयोजनामा यही आउँदो मिति ०७ सेप्टेम्बर शुक्रवारका दिन तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
लोक दोहोरी क्षेत्रमा अलग्गै आफ्नो पहिचान बनाउन सफल गायक पुरुषोत्तम न्यौपाने तथा चर्चित लोक दोहोरी गायिका भूमिका गिरी कार्यक्रमको लागि बिहीबार नै युएई आउने भएका छन् ।
युएईमा रोजगार तथा आफ्नै व्यापार व्यवसाय गरेर बस्नु भएका दाजु भाइ दिदीबहिनी हरूको मनको पीडा भुलाउन को लागि उहाँहरूको साथमा युएईमा रहनु भएका चर्चित कलाकार रूले उक्त दिन भरपुर मनोरञ्जन लिन सक्ने कुरा तीज सांस्कृतिक कार्यक्रमका संयोजक धर्मागत पराजुली बताउछन ।
काँक्रो पनि लैजाऊ बाबु अचार खानलाई , वेदनाको पोको जस्ता चर्चित गीतहरू गाएर चर्चाको शिखरमा पुगेका लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने तथा लौका चाख्ने मौका देऊ , तिउन मिठो बनायो चुकैले , दियौ चुरोट दिएनौ सलाई , गोरखपुरको सलाई , नरिसाउन कान्छू , मायाकै पिरलो तथा पछिल्लो समयमा विकृति जस्ता चर्चित लोक दोहोरी गीतहरू बजारमा ल्याई सकेकी भूमिका गिरी पहिलो पटक युएई आउने भएकी छिन ।
वर दुबईको क्लब एभरेष्ट ,अष्ट्रोरिया होटेलमा यही सेप्टेम्बर ०७ तारिक शुक्रवारका दिन दिनको ठिक १ बजे देखि हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउछन संस्थाका प्रवक्ता जीवन पंगेनी ।