'चुच्चे मुखे रेल' ल्यायो यो टिमले ( भिडियो सहित) - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

‘चुच्चे मुखे रेल’ ल्यायो यो टिमले ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो केही समय यता प्रधानमन्त्री के.पी शर्मा अोलीले नेपालमा अब चाँडै रेल सेवा सञ्चालन हुने भन्दै बारम्बार भनी रहेको बेला यता कलाकारहरूले तीजको अवसर पारि “ चुच्चे मुखे रेल ” तीज गीत सार्वजनिक गरेका छन् ।

कमेडि बेसमा तयार पारिको गीतमा अब चुन्चे मूखे रेल चढ्न नि पाइने भो, सपनामा पनि रेल आएको देखेको थिए, माईतिनि रेलमा चढेर जाने हो गाउँ गाउँमा रेल आउने भो भन्दै निकै उत्कृष्ट रूपमा गीत प्रस्तुत गरेका छन् । गीतमा गायक वेग राना र गायिका मञ्जु लवती थापाको स्वर रहेको छ भने शब्द /सङ्गीत वेग राना ले नै गरेका छन् ।

बुद्ध लामाको निर्देशनमा रहेको यस गीतको भिडियोमा लोमश शर्मा, पूजा पाठक हास्य कलाकार निर आले मगर र पवित्रा आले मगरको अनिनय देख्न सकिन्छ । यस्तै भिडियोलाई दीपेन्द्र भट्टले छायाङ्कन र सम्पादन गरेका छन् ।गीतलाई Genius music ले बजारमा ल्याएको छ ।