तीजको दर खाएर नाच्दा नाच्दै ढलेर मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तीजको दर खाएर नाच्दा नाच्दै ढलेर मृत्यु



हेटौडा । हेटौँडामा तीजको दर खाएर नाच्दा नाच्दै एक जनाको मृत्यु भएको छ ।

दर खाइसकेपछि छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तीज विशेष कार्यक्रममा नाच्दै गर्दा रामहरि सिवाकोटीको मृत्यु भएको हो । नयाँ पत्रिकामा खबर छ ।

रमाइलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहीबेरमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिवाकोटी बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।